एमाले उपाध्यक्ष भीम रावलद्धारा प्रतिनिधि सभा सदस्यबाट राजीनामा

आदर्श अनलाइन, काठमाण्डौं

नेकपा एमालेको आन्तरिक विवाद चर्किँदै गर्दा उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन्।

प्रधानमन्‍त्री शेरबहादुर देउवालाई विश्‍वासको मत दिने कि नदिने विवादबीच आइतबार अपरान्ह उनले राजीनामाको घोषणा गरेका हुन्। २०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै राजीनामा दिएका हुन्।

म यो अनैतिक राजनीतिको खेलबाट अलग हुन म राजीनमा दिदैछुु, सिंहदरबारस्थित संसद सचिवालयमा रावलले संचारकर्मीसँग भने, म राजीनामा दर्ता गर्न जाँदैछु।

रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक थिए।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *