जसपा महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने

आदर्श अनलाइन, काठमाडौँ
जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवासँग भएको छलफलमा जसपाले उठाइरहेका माग पूरा गर्ने प्रधानमन्त्री देउवाले बचन दिएकोले विश्वासको मत दिन लागेको जसपाका महन्थ ठाकुर पक्षका सांसद उमाशंकर अरगरियाले बताउनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *