दुई सातादेखि अवरुद्ध बागलुङ–कुश्मीसेरा सडक संचालनमा

फाइल तस्बिर

आदर्श अनलाइन, बागलुङ
दुई सातादेखि अवरुद्ध बनेको बागलुङ–कुश्मीसेरा सडक खण्ड आइतबारदेखि सञ्चालनमा आएको छ । सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेपछि दुई सातादेखि सडक अवरुद्ध बनेको थियो ।

बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डेको दब्ल्याङमा सडकमाथीबाट खसेको पहिरो पन्छाईएको छ । कालीगण्डकी करिडोरको विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएपछि यातायात सेवा सञ्चालनमा आएको सब ईन्जिनियर मिलन जिसीले जानकारी दिए ।

बाटो खुलेसँगैै जिल्लाको जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, बलेवा क्षेत्र, भकुण्डे रायडाँडा र गुल्मी पुग्ने यात्रुहरुलाई सहज भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *