टिभी खोल्ने क्रममा करेन्ट लागेर बालिकाको मृत्यु

आदर्श अनलाइन, लमजुङ 

टिभी खोल्ने क्रममा करेन्ट लागेर बालिकाको मृत्यु भएको छ। जिल्लाको राइनास नगरपालिका वडा नं -७ सालफेदीस्थित राकेश पाण्डेकी ८ वर्षीया छोरी शृष्टि पाण्डेको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बालिकाले टिभी अन गर्ने क्रममा सेन्ट्रल बक्समा छुन जाँदा करेन्ट लागेको हो । बक्समा तार सर्ट भएर करेन्ट प्रवाह भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

करेन्ट लागेर घाइते भएकी बालिकालाई उपचारका लागि तत्काल वडा कार्यालय स्थित सहोदर सामुदायिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *