आदर्श सञ्चारद्वारा गलकोटमा श्रद्धाञ्जली सभा

बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यको परिवारको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

गलकोट नगरपालिका वडा नम्बर १ दुदिलाभाटीका शेयर सदस्य शान्ती कार्कीका ससुराबुबा नन्दबहादुर कार्कीको ९ औँ दिनको पुण्य तिथि पारेर बिहिबार श्रद्धाञ्जली सभासहित मृतकका परिवारलाई राहत रकम हस्तान्तरण गरेको हो ।

संस्थाका सचिव ललिता थापाले सदस्यको परिवारको निधनमा प्रदान गरिने मृत्यु राहात स्वरुप रु ५ हजार रुपैयाँ स्वर्गीय कार्कीको परिवारलाई हस्तान्तरण गर्नुभएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *