बागलुङमा २ सय ९४ सक्रिय संक्रमित,२२ मात्रै कोभिड अस्पतालमा

आदर्श अनलाइन,बागलुङ

कोरोना भाइरसको दोस्रो लहर बागलुङ जिल्लामा अझै पछिल्लो समय केही कम भए पनि नियन्त्रण हुन सकेको छैन ।

आइतवार साँझ सम्मको तथ्यांकमा जिल्लामा २ सय ९४ जना सक्रिय संक्रमित छन् । जसमध्ये अधिकांश होम आइसोलेशनमै बसेका छन् । २२ जना मात्रै कोभिड अस्पताल र आइसोलेशनमा छन् । धौलागिरी अस्पतालमा १४ जना उपचाररत छन् भने ताराखोला कोभिड अस्पतालमा ६ जना र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा २ जना रहेका छन् ।

बागलुङ नगरपालिकामा सबै भन्दा बढी संक्रमित छन् । बानपामा मात्रै १ सय ६७ जना छन् भने निसीखोला गाउँपालिकामा २४, ताराखोला गाउँपालिकामा २२, जैमिनी नगरपालिकामा २०, बरेङ गाउँपालिकामा १६ जना सक्रिय संक्रमित छन् । गलकोट नगरपालिकामा ११, ढोरपाटन नगरपालिकामा १०, काठेखोला गाउँपालिकामा ९, बडिगाड गाउँपालिकामा ७ जना छन् । तमानखोला गाउँपालिकामा मात्र संक्रमित शुन्य छ ।

हाल सम्म २१ हजार ८ सय २६ जनाको कोभिड परीक्षण गरिएकोमा ५ हजार ७ सय ७८ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ५ हजार ४ सय २४ जनाले कोरोना जितेका छन् भने ६० जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *