तमानखोलाको ओढारमा २२ नाल भरुवा बन्दुक फेला

आदर्श अनलाइन, बागलुङ

जिल्लामा लुकाई राखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ ।

आइतबार दिउँसो प्रहरी चौकी बुङ्गादोभानबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक ओढारमा लुकाई राखेको अवस्थामा फेला पारेको हो ।

बागलुङको तमानखोला गाउँपालिका–४ लामेला स्थित घट्टेखोला नजिकै रहेको ओढारमा १ नाले भरुवा बन्दुक १२ नाल र तमानखोला–३ मार्के खोलाको ओढारमा १ नाले १० नाल बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए । ओढारबाट बरामद गरिएको बन्दुक इलाका प्रहरी कार्यालय बुंगादोभान ल्याएर राखिएको छ ।

प्रहरीले अबैध भरुवा बन्दुक सहित पक्राउ र कारबाही गर्ने क्रम तीब्र बनाउन थाले पछि स्थानीयले डराएर ओढारमा लुकाएर राखेको हुन सक्ने हवारीले बताए । बन्दुक को कसले राखेको भन्ने खुलेको छैन । यसका बारेमा थप अनुसन्धान भइरहेको हवारीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *