–आदर्श अनलाइन, बागलुङ
धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचाररत एक कारोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
जैमिनी नगरपालिका–३ का ५२ वर्षका पुरुष संक्रमितको आज बिहान ६ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।
उहाँको साउन ३ गते देखि सघन उपचार कक्षमा उपचार भइरहेको थियो । यो संगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।