बलेवामा स्थानीयले नियन्त्रणमा लिएको चितुवा फेरि बनमै !

आदर्श अनलाइन,बागलुङ

बागलुङ नगरपालिका–१४ नारायणस्थान स्थित भक्त बहादुर सुनारको घरमा एका बिहानै खाली खोरमा पसेर फसेको चितुवा बनमै छोडिने भएको छ ।

गाउँमा चितुवा पसेर बाख्रा र कुखुरा खाएको चाल पाएका भक्तबहादुरले बनाएको फलामको तारबार सहितको खोरमा परेको चितुवा डिभिजन वन कार्यालयको टोलीले उद्दार गरेर ल्याएको छ । खोरको ढोका आफै बन्द भए पछि चितुवा खोरमा फसेको स्थानीय बताउँछन् ।

केही दिनयता गाउँमा चितुवा पसेर दर्जनौँं कुखुरा र बाख्रा खाए पछि पासो बनाएर थापेको उहाँको भनाई छ ।

फलामको बाकसमा तारजाली लगाएर बनाइएको पासोमा चितुवा फसे पछि हेर्नेको दिनभर भीड लागेको थियो । चितुवालाई डिभिजन वन कार्यालय, प्रहरीको सहयोगम उद्दार गरि बागलुङ बजार ल्याइएको र उपर्युक्त बासस्थान भएको जंगलमा छोडिने डिभिजन वन अधिकृत मुकुन्दप्रसाद अधिकारीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *