कांग्रेसमा क्रियाशील सदस्य ८ लाख, गण्डकीमा १ लाख १८ हजार

आदर्श अनलाइन, बागलुङ

नेपाली कांग्रेसले आठ लाख ५२ हजार ७ सय ११ जना क्रियाशील सदस्य बनाएको छ।

१४ औं महाधिवेशन गर्न कांग्रेसले यतिधेरै क्रियाशील बनाएको हो। जुन संख्या २०७२ सालमा भएको १३ औं महाधिवेशनको भन्दा दोब्बर छ। त्यसबेला चार लाख ८० हजार मात्रै क्रियाशील थिए।

क्रियाशील सदस्य वडा अधिवेशनका मतदाता हुन्। उनीहरूबाटै क्षेत्रीय प्रतिनिधि चुनिएर महाधिवेशनका लागि प्रतिनिधि बन्छन् र केन्द्रीय कार्यसमिति बनाउँछन्।

८ लाख ५२ हजारमध्ये चार लाख ९ हजार ३३ जना भने पुरानै सदस्य हुन्। उनीहरूको नवीकरण गरिएको हो। विवाद भएका केही जिल्ला र विदेश स्थित जनसम्पर्क समितिका क्रियाशील अझै टुंगिएका छैनन्। यो टुंगिएपछि क्रियाशीलको संख्या झन्डै एक लाख थपिनेछ।

केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले मंगलबार सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा चार लाख ४३ हजार छ सय ७८ जना नयाँ क्रियाशील वितरण गरिएको उल्लेख छ।

प्रतिवेदनअनुसार कांग्रेसमा ६ लाख ५३ हजार ८ सय ३८ जना पुरूष क्रियाशील छन् भने महिला एक लाख ९९ हजार ९७ जना छन्। अन्यतर्फ भने १७६ जना छन्।

गण्डकी प्रदेशमा १ लाख १ ८ हजार, अरु प्रदेशमा कति ?

गण्डकी प्रदेशमा एक लाख १८ हजार ६ सय ३३ जनाले कांग्रेस क्रियाशील सदस्यता प्राप्त गरेका छन् ।

प्रदेश नम्बर १ मा एक लाख ७४ हजार सात सय ८२, प्रदेश नम्बर २ मा एक लाख १२ हजार ९ सय ४६, बागमती प्रदेशमा एक लाख ८६ हजार एक सय ४३, लुम्बिनी प्रदेशमा एक लाख ३० हजार ८ सय ८५, कर्णाली प्रदेशमा ५४ हजार ५ सय ६६ र सुदुरपश्चिम प्रदेशमा ७४ हजार ७ सय ५६ जना क्रियाशील छन्।

कुन उमेरका कति सदस्य:

उमेर अनुसार हेर्दा १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार चार सय २७ जना क्रियाशील छन्। २६ देखि ४० वर्षसम्मका २ लाख ४९ हजार ७ सय ७४ जना छन्। कांग्रेसमा यसपटक युवाको आकर्षण देखिएको छ।

४१ देखि ६० वर्ष उमेर समूहका धेरै क्रियाशील छन्। तीन लाख २८ हजार दुई सय ३४ जना क्रियाशील यो समूहबाट छन्।

यस्तै ६१ देखि ७५ वर्ष उमेरका ८३ हजार १० जना छन् भने ७५ वर्षभन्दा माथिका ११ हजार ७ सय ८२ जना मात्रै छन्।

समावेशीतर्फ कतिः

अल्पसंख्यकतर्फ ६ हजार ८ सय २९ जना क्रियाशील छन्।

मधेशीतर्फ ९५ हजार १ सय ४१, मुश्लिम १६ हजार ९ सय ७०, थारूतर्फ २७ हजार ६ सय १५, अपांगता भएकातर्फ दुई सय १, पीछडिएको क्षेत्रबाट १४ हजार ९ सय १४, आदिवासी जनजाति २ लाख ८ हजार एक सय ५९, खसआर्य तीन लाख ६७ हजार ६ सय ११, दलित ४५ हजार चार सय १७ जना छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *