बेनी आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

jeep-accident

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ७ ताकमदेखि बेनी आउने क्रममा दरबाङ –धारापानी सडक खण्ड अन्तर्गत सोही वडाको बारिका सडकमा बोलेरो जीप दुर्घटना भएको छ ।

ताकमदेखि बेनी आउने क्रममा विहान १० बजेको समयमा ग १ ज ६८०५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा जीपमा सवार धवलागिरी गाउँपालिका–७,का २७ बर्षिय विकास सुनारको मृत्यु ईलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेलले जानकारी दिनुभयो । मृतक सुनारको शव करिब तीन सय तल भेटिएको थियो ।

उहाँका अनुसार चालक सहित जीपमा ९ जना सवार थिए । चालकको टाउको र छातीमा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको छ । घाइते चालकको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । जीप सडकदेखि २५ मिटर तल सल्लाको रुखमा अडिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *