गृह जिल्लामा मन्त्रीद्वय कँडेल र मगरलाई स्वागत


आदर्श अनलाइन, बागलुङ
नवगठित गण्डकी प्रदेश सकार निर्माणमा सहभागी गठबन्धनमा आवद्व राजनैतिक दलहरुले गण्डकी प्रदेश सरकारका दुई मन्त्रीलाई गृह जिल्ला बागलुङमा स्वागत गरेको छ ।

गठबन्धनमा सहभागी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा लगायतका दलले गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेल र भूमि व्यवस्था, कृषि सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्र बहादुर बुढा मगरलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ ।

स्वागत कार्यक्रममा बोल्दै पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले गण्डकी प्रदेशमा एग्रो टुरिजम र फरेष्ट टुरिजमको प्रशस्त संभावना रहेकोले गण्डकी प्रदेश सरकारले त्यसको विकासका लागि काम गर्ने बताउनुभएको छ ।

मन्त्री कँडेलले कृषि र वन संग जोडेर पर्यटनको विकास गर्दा दोहोरो फाइदा कमाउन सक्ने संभावना रहेको बताउनुभयो । यस्तै कार्यक्रममा भूमि व्यवस्था, कृषि सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्र बहादुर बुढा मगरले कृषि क्षेत्रमा भएको अनुदानको सदुपयोग गर्न पहल गर्ने बताउनुभयो । उहाँले सहकारीको कानूनी झन्झट अन्तय गर्न आफूले पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति गोविन्द कँडेल, एमालेका नेता लालबहादुर थापा, राष्ट्रिय जनामोर्चाका जिल्ला सचिव भीमलाल पोख्रेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वक्ताहरुले अहिलेको सरकारले जनताको धेरै अपेक्ष पुरा गर्नुपर्ने सुझाव व्यक्त गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *