–आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारीले संस्थाका सह–सम्पादक सृजना पन्तलाई सुत्केरी भेटघाट तथा पोषण भत्ता वितरण गरेको छ ।
सहकारी संस्थाद्वारा प्रकाशित धौलागिरी जागरण दैनिक, आदर्श सञ्चार अनलाइनका सह–सम्पादक सृजना पन्तलाई दुइमहिना अघि पुत्र लाभ भएको थियो ।
सहकारीले संस्थामा कार्यरत महिला कर्मचारी सुत्केरी हुँदा सुत्केरी भेटघाट र पोषण भत्ता प्रदान गर्दै आएको छ । संस्थाका अध्यक्ष हुमाकुमारी जिसी अन्जु, सचिव ललिता थापा लगायतले सह–सम्पादक पन्तलाई पोषण भत्ता स्वरुप रु. तीन हजार र छोरा माहिल क्षत्रीको दिर्घकालिन खाता सञ्चालनका लागि रु. एक हजार प्रदान गरिएको संस्थाका प्रबन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।
आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।
संस्थामा हाल २ हजार ७ सय जना शेयर सदस्य, ५ करोड शेयर पूँजि, ३२ करोड बचत, ३४ करोड कर्जा लगानी र ४५ करोड कुल सम्पत्ती रहेको संस्थाका सचिव ललिता थापाले जानकारी दिनुभयो ।