काभ्रे भीरमा पहिरो : बेनी-जोमसोम सडक अवरुद्ध

एसके थकाली, जोमसोम

अविरल वर्षाका कारण आइतबार राति आएको पहिरोले राष्ट्रिय गौरवको ७६ किमी बेनी-जोमसोम सडक अवरुद्ध भएको छ ।

पहिरोले बेनी-जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीर सडक अवरुद्ध बनेको हो । पहिरोले म्याग्दी हुँदै मुस्ताङ जोड्ने काभ्रेभीर सडकको करिव ५० देखि ६० मिटर सडकमा पहिरो खसेको हो ।

यस्तै, सोही स्थानको तुरतुरे धारा नजिकको सडकमा समेत २० मिटर सडक भासिएको छ भने अन्नपूर्ण गापा-३ काभ्रे गाउँ नजिकको सडकमा समेत सडक भासिएको बेनी-जोमसोम सडकका सुपरभाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिए ।

सडक अवरुद्ध भएसँगै बेनी हुँदै मुस्ताङ आउजाउ गर्ने यात्रुवाहक सवारी तथा मालवाहक सवारी साधन गन्तव्यमा पुग्न नसकी बीचमै रोकिएका छन् । राष्ट्रिय गौरवको प्याकेज नम्बर-२ अन्तर्गत पर्ने म्याग्दी र मुस्ताङको सीमा काभ्रेभीर सडक सबैभन्दा अप्ठ्यारो र जोखिमयुक्त स्थान मानिन्छ । यहाँ करिडोरले १६ सय मिटर सडकमा ब्लास्टिङ गरी सडक चौडा गर्ने काम गरिरहेको छ । बर्सेनी बर्खायामको मौसममा यहाँ बाढीपहिरो र नदी कटानले पटक पटक सडक अवरुद्ध हुने गरेको छ ।

आयोजनाका सुपरभाईजर शेरचनका अनुसार सो स्थानमा पहिरो पन्छ्याएर सडक आवागमन सूचारु गर्न केही दिन लाग्नसक्छ । “सडक पहिरोले पूरै पुरिएको छ, कतिपय ठाउँमा सडक बेस समेत छैन,ू सडक सुपरभाईजर शेरचनले भने “ सडक खुलाउन ब्लास्टिङ गर्नुपर्ने र आसपासको भासिएको स्थानमा सडक बेस उठाउनु पर्ने हुन्छ ।’

यस्तै अन्नपूर्ण गापा-३ कै रुप्से झरनामा समेत अविरल वर्षाले सडक हिलाम्मे हुने र पहिरो जाने गरेकाले पटक पटक सडक अवरुद्ध हुने गरेको सडक सुपरभाईजर शेरचनको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *