बडाललाई सहकारी अभियन्ता सम्मान, सहकारी बैंकमा बागलुङ शाखा देशभरमै उत्कृष्ट

आदर्श अनलाइन, ललितपुर

राष्ट्रिय सहकारी बैंक लिमिटेडले सहकारी अभियन्ता सम्मानबाट नेपालको सहकारी अभियानका अगुवा केशव प्रसाद बडाललाई सम्मान गरेको छ ।

बैंकको १९ औं वार्षिकोत्सवका अवसरमा मंगलवार आयोजित सहकारीमा लघुवित्त सम्मेलन उद्घाटन कार्यक्रममा बैकको १७ वार्षिक साधारणसभामा घोषणा गरिएका विभिन्न पुरस्कारहरु समेत वितरण गरिएको थियो ।


बैंकले प्रदान गर्दै आएको सहकारी अभियन्ता सम्मान पुरस्कारबाट राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव प्रसाद बडाल, सहकारी बैंक पूर्व सञ्चालक सम्मान डिल्लीराम तिवारी, सहकारी बैंक विद्वता पुरस्कार डा.नवराज सिंखडा, सहकारी बैंक. पत्रकारिता पुरस्कार शर्मिला ठकुरीलाई प्रदान गरिएको थियो ।

यस्तै, सहकारी बैंकका ६८ शाखा मध्ये आर्थिक वर्ष २०७६/०७७ मा बागलुङ शाखा उत्कृष्ट शाखा भई सम्मानित भएको छ । शाखा प्रमुख युवराज त्रिपाठीलाई उत्कृष्ट शाखा पुरस्कार प्रदान गरिएको थियो ।


उत्कृष्ट कर्मचारी (प्रवन्धक-अधिकृत स्तर) गोंगवु शाखाका प्रमुख बिनोद भट्टराई, सहायक स्तरमा सुन्दरहरैचा शाखाका प्रमुख अर्जुन कार्की र सहयोगी स्तरतर्फ नयाँ बानेश्वर शाखामा कार्यरत सोम बहादुर कार्कीृलाई पुरस्कृत गरिएको थियो ।


वार्र्षिकोत्सवका अवसरमा आयोजित सहकारीमा लघुवित्त सम्मेलन उद्घाटन समारोहको सञ्चालन बैंकका सञ्चालक तथा व्यवसाय प्रवद्र्धन, एकीकरण तथा स्तरीकरण उपसमितिका संयोजक केदार मानन्धर र पुरस्कार वितरण कार्यक्रमको सञ्चालन सञ्चालक तथा शिक्षा, तालिम तथा सम्मान उपसमितिका संयोजक सरिता तिमिल्सिना भट्टराईले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *