बागलुङमा ‘नो एमसिसी’ अभियान शुरु

आदर्श अनलाइन, बागलुङ

अमेरिकाले नेपाललाई दिने मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) परियोजनाको अनुदान रकम खारेजीको माग बागलुङमा उठेको छ । जिल्लामा स्वतस्फूत रुपमा युवाहरुले सांकेतिक रुपमा एमसिसीको विरोध गरेका छन् ।

एमसिसी परियोजना रोक्नका लागि यहाँका युवाहरले पोष्टर पम्लेट बागलुङ बजारमा टासेर विरोध गरेका छन् । बागलुङ बजारका विभिन्न स्थानमा एमसिसी खारेज गर, ‘नो एमसिसी’, राष्ट्रघाती सम्झौता खारेज गर लेखिएका पोस्टरहरु बिहीबार देखि टास्न थालिएको छ ।

सदरमुकामको क्याम्पस रोड, ट्राफिक चोक देखि लोकतान्त्रिक चोकका विभिन्न ठाउँमा एमसिसीको विरोधमा तयार पारिएका विभिन्न नारा समेटिएका पोस्टर टाँसिएको एमसिसीको विरोधमा पोष्टर टाँस्ने कार्यमा सक्रिय सन्जु गौतमले जानकारी दिनुभयो ।

गौतमले एमसिसी देशमा ल्याएर देश बेच्न खोजिएको र आफु लगायत देशका कुनै पनि युवालाई मान्य नहुन बताउदै निरन्तर आफूहरु यसको विरुद्धमा उभिने बताउनुभयो । उहाँले पोस्टर टाँस्ने कार्य निरन्तर चलिरहने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *