१० दिन कडा निषेधाज्ञा गर्न बागलुङ नगरपालिकाको सिफारिस

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिकाले १० दिन कडा निषेधाज्ञा गर्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिएमसिलाई सिफारिस गरेको छ ।

बागलुङ नगरपालिकामा कोरोना संक्रमण दर ह्वातै बढेपछि निषेधाज्ञा गर्न सिफारिस गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । जिल्लामा हाल संक्रिय संक्रमितको संख्या ६४१ पुगेको छ भने बागलुङ नगरपालिकामा मात्रै ३०६ पुगेको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

कोरोना संक्रमण दर ह्वातै बढेपछि मंगलबार डिसिएमसिको बैठक बस्दै छ । बैठकले बागलुङ नगरपालिकाको सिफारिस अनुसार आवश्यकता हेरेर निषेधाज्ञा गर्ने निर्णय गर्ने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *