म्याग्दी बेनी बजारको दुई पसलमा आगलागी, लाखौंको क्षति

आदर्श अनलाइन, म्याग्दी

जिल्ला सदरमुकाम बेनी बजारको न्यूरोडमा मंगलबार विहान साढे दुई बजेतिर आगलागी भएको छ ।

बेनी नगरपालिका ८ स्थित न्यूरोडको छाप्रामा रहेका पसलमा आगलागी भएको हो ।

आगलागीबाट लाखौं मुल्य बराबरका सामान जलेर नष्ट भएको छ । जिवनबहादुर विश्वकर्माको एकतलाको छाप्रोमा रहेका रघुगंगा डेरी र नयन स्टोर्समा आगलागी भएको हो । आगलागीबाट दुवै पसलमा क्षति पुगेको छ । डेरी पसलबाट सल्केको आगलागी संगै जोडिएको नयन स्टोर्समा पुगेको थियो ।

आगलागी भए लगत्तै प्रहरीले दमकलको साहयतामा आगलागी नियन्त्रणमा आएको थियो । अहिले आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट लाखौं बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट लाखौँ मूल्यको सामान जलेर नष्ट भएको नयन स्टोर्सका प्रोपाइटर जगननाथ शर्माले बताउनुभयो । आगलागी हुँदा ग्यास शिलिण्डर पड्किएर ठूलो आवाज आएको थियो ।

शर्माले दिएको जानकारी अनुसार सुरुमा डेरी पसलमा आगलागी भएको हो । नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीको एकीन कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। पसलभित्रको विजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *