अस्पताल भवन अलपत्र पार्ने ठेकेदार खोजिन्छ : स्वास्थ्यमन्त्री


आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीले अस्पताल जस्तो संवेदनशील क्षेत्रको भवनहरु समयमा नबनाउने ठेकेदारको खोजी गरिने बताउनुभयो ।
प्रेस संगठन नेपाल जिल्ला शाखा बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले धौलागिरी अस्पताल बागलुङ, जिल्ला अस्पताल म्याग्दीको वर्षौ सम्म अस्पताल भवन अलपत्र पार्ने ठेकेदारलाई खोजेर कार्वाही गर्ने बताउनुभयो ।

“अस्पताल जस्तो संवेदनशिल क्षेत्रका भवनहरु समयमा नबन्दा कोरोना संग जुध्न समस्या भइरहेको छ, ठेकेदारलाई खोजेर काममा लगाइन्छ, नत्र कार्वाही गर्नुपर्दछ” मन्त्री अधिकारीले भन्नुभयो “कोरोनाको संभावित तेस्रो लहरसंग सामना गर्न गण्डकी प्रदेशले आवश्यक तयारी थालेको छ, अक्सिजन प्लान्ट बनाउने, शिशु सघन कक्ष स्थापना गर्ने काम गरिरहेको छ ।”


यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *