बागलुङमा बढ्दै कोरोना, एकैदिन ५३ संक्रमित थपिए

आदर्श अनलाइन, बागलुङ

जिल्लामा शुक्रबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय बागलुङका अनुसार पिसिआर परीक्षणबाट बागलुङ नगरपालिकामा १९, बरेङ गाउँपालिकामा १४, गलकोटमा १, जैमिनीमा १, काठेखोला गाउँपालिकामा ५ र अन्यमा १ गरि ४१ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै बागलुङमा कोरोनाको सक्रिय संक्रमितको संख्या ७ सय २० पुगेको छ ।

एन्टिजेन परीक्षणबाट १२ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । बरेङमा २, ढोरपाटन नगरपालिकामा ३, काठेखोला गाउँपालिकामा १, निसीखोला गाउँपालिकामा १ र ताराखोला गाउँपालिकामा ५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

जिल्लाका १० स्थानीय तह मध्ये सबैभन्दा बढी बागलुङ नगरपालिकामा ३ सय ३६ संक्रमित पुगेका छन् । दोस्रो धेरै हुनेमा बरेङ गाउँपालिकामा ८६ जना, जैमिनी नगरपालिकामा ८२, गलकोट नगरपालिकामा ६४, काठेखोला गाउँपालिकामा ४०, बडिगाड गाउँपालिकामा ३६, ढोरपाटन नगरपालिकामा २२, ताराखोला गाउँपालिका १७, अन्यमा १६, तमानखोला गाउँपालिकामा १२ संक्रमित रहेको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *