आश्रम निर्माणमा श्रेष्ठ दम्पतीको सहयोग

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माणधीन मानव सेवा आश्रमको भवन निर्माणमा सहयोग प्रापत भएको छ । भवन निर्माणलाई गति दिन बागलुङ नगरपालिका–२ समिक्षालयरोड निवासी सरोजकुमार श्रेष्ठ र रमा श्रेष्ठले आर्थिक सहयोग गर्नुभएको छ ।

भवन निर्माणका निम्ती श्रेष्ठ दम्पत्तीद्वारा रु.१ लाख ११ हजार नगर सहयोग गरेको आश्रमका संचालिका सुमिरा लामाले बताउनुभयो । श्रेष्ठदम्पतीले आश्रमको भवन निर्माण हुन थालेपछि आफ्नो परिवारका तर्फबाट सहयोग गर्ने भनी पहिल्यै प्रतिबद्धता जनाएको र हालै उक्त रकम हस्तान्तरण गर्नुभएको छ । आश्रम निर्माण गर्न सहयोग संकलन अभियान चलाइने भएपनि कोरोना महामारीका कारण सञ्चालन गर्न नसकिएको लामाको भनाई छ ।

बागलुङ नगरपालिका वडा नं २ समीक्षालय चोकका मल्ट्री इलेक्टिकल्स एण्ड टु्ल्स सप्लायर्सका संचालक समेत रहनुभएका श्रेष्ठको सहयोगले भवन निर्माणका लागि थप टेवा पुग्ने लामाले बताउनुभयो ।

आश्रम निर्माणका लागि प्रदेश सरकारबाट रु. ८० लाख बिनियोजन भएर पहिलो तलाको काम भइरहेको छ । आश्रमलाई पूर्णता दिन भने झण्डै सात करोड लाग्नेछ । आश्रम निर्माणका लागि व्यक्तिगत रुपमा पहिरो पटक रकम प्राप्त भएकोे आश्रमका अभिभावक निर्मल बहादुर श्रेष्ठले जानकारी दिनुभयो । मानवसेवा आश्रम बेसहारा नागरिकलाई खान र बस्नको व्यवस्था गर्दै आएको विशुद्ध सेवामूलक संस्थाको रुपमा रहेको छ ।

आश्रम सञ्चालनमा भौतिक पूर्वाधारले समस्या पारेपछि बागलुङ नगरपालिका– ३ मा सञ्चालित आश्रम अहिले बागलुङ नगरपालिका– ४ निरयघाटमा निर्माणधीन छ । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीनको सहारा बन्दै आएको संस्थाले सडक आश्रित मानवमुक्त राष्ट्र बनाउनुलाई आफ्नो प्रतिबद्धता बनाएको छ ।

बागलुङ नगरपालिका वडा नं ३ किनारा टोलमा रहेको आश्रममा ५३ जना बेसहारा नागरिकहरुले आश्रय लिएका छन् ।

अहिले आश्रमको बागलुङ नगरपालिका वडा नं ४ निरयघाटमा ५ रोपनी क्षेत्रफलमा आधुनिक भवन निर्माणाधिन अवस्थामा रहेको छ । नगरपालिकाले उपलब्ध गराएको जग्गामा गत आर्थिक वर्ष ७० लाखमा बि ब्लको पहिलो तला ढलान भएको आश्रमका अभिभावक शिव खड्काले बताउनुभयो यो आर्थिक वर्षमा समेत रु. ५० लाख गण्डकी प्रदेश सरकारले विनियोजन गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *