बाढीपहिरो पीडितलाई साढे ४ लाख सहयोग

आदर्श अनलाइन, लमजुङ
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले लमजुङका बाढीपहिरापीडितलाई रु साढे चार लाख आर्थिक सहयोग गरेको छ । सो कार्यालयले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामार्फत दोर्दी गाउँपालिका–८ स्थित हिलेबजारका २४ घरधुरी र खिन्चोकबेँसीका छ घरधुरी गरी ३० घरधुरीलाई आज उक्त रकम सहयोग गरेको हो ।

दोर्दीका अध्यक्ष ओमलाल गुरुङ, सोही वडाका वडाध्यक्ष तुलबहादुर गुरुङ, रेडक्रस गण्डकी प्रदेशका कोषाध्यक्ष नारायण घिमिरे, जिल्ला सभापति दीपक बराललगायतले प्रतिपीडित परिवार रु १५ हजारका दरले हस्तारन्तरण गर्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति बरालले बाढीपहिरापीडितका लागि आवास पुनःनिर्माणमा सहयोग पुगोस् भन्ने अपेक्षाले आर्थिक सहयोग गरेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *