जिल्ला फुटवल संघ म्याग्दीको नयाँ कार्यसमिति सर्वसम्मत चयन

आदर्श अनलाइन, म्याग्दी

जिल्ला फुटवल संघ म्याग्दीको सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ ।

फुटबल क्लबका प्रतिनिधिको भेलाले दिलिप बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्याक्षमा सिद्धार्थ शाक्य, सचिवमा कुमार बानियाँ, कोषाध्यक्ष विजय थापा रहनुभएको छ ।

समितिको सदस्यमा असल केसी, बिबेक हमाल, एलिन केसी, सुरेश पुर्जा, विजय घर्ती, सन्दीप हमाल, सौगात गुरुङ र बिबेक राना निर्वाचित भएको सचिव कुमार बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार समितिको पहिलो बैठकले बादल आले र बिकेस शेरपुञ्जालाई सदस्यमा मनोनित गरेको छ ।

बैठकले पालिका संयोजक र सचिब पनि चयन गरेको छ । जसअन्तर्गत बेनी नगरपालीकामा संयोजक शिरिष हमाल र सचिब सज्जन सापकोटा, मंगलामा संयोजक बिबेक बिश्वकर्मा र सचिब प्रकाश सापकोटा, मालीकामा संयोजक बिनय जुग्जाली र सचिब श्रीमन रोका, धौलागिरीमा संयोजक बिनोद घर्ती र सचिब सरोज थापा, रघुगंगामा संयोजक लेलिन गर्बुजा र सचिब अनुप चन्द र अन्नपुर्णमा संयोजक अप्सन राम्जाली र सचिब पपुलर श्रेष्ठ लाइ चयन गरिएको सचिब बानीयाँले जानकारी दिनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *