पोखरामा कार दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

आदर्श अनलाइन, पोखरा
पोखरामा आइतबार बिहान ग१च ७२३४ नम्बरको सिल्भर कलरको कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका १८ मेथलाङमा भएको दुर्घटनामा दुई  महिला घाइते भएका छन् ।

आइतबार बिहान करिब ६ बजेको समयमा भएको दुर्घटनामा कार चालक बद्री खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक एवं निमित्त प्रहरी प्रवक्ता दीपक केसीले जानकारी दिनुभयो । केसीका अनुसार दुर्घटनामा घाइते भएका चालक खत्रीलाई उपचारका लागी पश्चिमान्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले  बिहान ९ :४० बजे मृत घोषणा गरेका हुन् ।

कारमा चालकसहित तिन जना सवार रहेकोमा दुई महिलालाई उद्धार गरी सहारा हस्पिटल पोखरामा पठाइएको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।  घाइते हुनेमा सपना घोताने र किरण अर्याल रहेको र  दुबैको अवस्था मध्यम रहेको  केसीले जानकारी दिनुभयो ।

कार सडकबाट झन्डै २०० मिटर तल खोचमा खसेर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *