तीज गीतमा परदेशिएकी चेलीको कथा (भिडियो सहित)

आदर्श अनलाइन,बागलुङ

हरितालिका तीज पर्वको मिति नजिकिए सँगै तीज गीत सार्वजनिक गर्ने क्रम लहर चलेको छ ।

यही क्रममा राइजिङ नेपालको प्रस्तुतिमा मौलिक तीज गीत ‘परदेशी चेलीलाई केको तीज, केको तिहार’ राइजिङ नेपाल इन्टरटेनमेन्टको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

सज्जन कुमार सिंहको शब्द, इश्वर बाबुको संगीत, गायिका सुनिता बुढा क्षेत्री र रितु थापाको आवाज छ । बिनोद बाजुरालीले एरेन्जमा मालश्री स्टुडियोमा रेकर्ड गरिएको गीतको म्युजिक भिडियो जापानमा गरिएको हो । यसको निर्देशन एवम् छायांकन तेजेन्द्र भण्डारीले गरेका हुन् ।

भिडियोमा सन्तान नहुनुको दोष महिलाको मात्रै हो भन्ने परम्परागत सोँच र चिन्तनलाई उठान गरिएको छ । श्रीमान्ले हेला गरी प्रदेशमा पुगेका नेपाली महिलाको व्यथालाई गीतको मुख्य विषयवस्तु बनाइएको सर्जक सज्जनकुमार सिंह बताउँछन् । प्रदेशमा रहँदा तीज, दशै, तिहार लगयत अन्य चाडपर्व आउँदा आफु परिवार संग हुन नपाउँदाको पीडालाई भिडियो मार्फत देखाइएको छ ।

ईश्वर बाबुले सम्पादन गरेको भिडियोमा कौसीला भण्डारी, मनोज कार्की, शिव खरेल लगायत कलाकारकोे अभिनय छ। गीतको म्युजिक भिडियो लिंक तल छ

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *