ढोरपाटन दैनिक पत्रिका १९ बर्षमा प्रबेश


आदर्श अनलाइन, बागलुङ

ढोरपाटन दैनिक मंगलबारबाट १९ औं बर्षमा प्रबेश गरेको छ । २०६० साल भदौ १ गतेदेखि प्रकाशन प्रारम्भ गरेको पत्रिकाले मंगलबार आफ्नो १९ औं बार्षिकोत्सव मनाएको हो ।

हरेक बर्ष फरक फरक बिषयमा बिषेशांक प्रकाशन गर्दै आएको पत्रिकाले यसबर्ष ‘गतिशिल गण्डकी’ बार्षिकोत्सव बिषेशांक प्रकाशन गरेको छ । ४० पेजको रंगिन अंकमा समृद्धिको बहस, इतिहासको पुर्नलेखन र वर्तमानको समिक्षा गरिएको सम्पादक हरिनारायण गौतमले बताउनुभयो ।

पत्रिकाले गत बर्ष ‘गर्भिलो गण्डकी’ बिषेशांक प्रकाशन गरेको थियो । यस बर्ष कोरोना महामारीका कारण बार्षिकोत्सवका अवसरमा आयोजना हुने कुनैपनि कार्यक्रम भने नगरेको कार्यकारी सम्पादक रामकृष्ण बोहराले बताउनुभयो ।

पत्रिकाले तीन बर्ष पहिलेदेखि क्षेत्र बिस्तार गरेर गण्डकी प्रदेशको राजधानी पोखारा र बागलुङ बजार दुवै स्थानबाट प्रकाशन आरम्भ गरेको थियो । बितरणका हिसावले ढोरपाटन गण्डकी प्रदेशको सबैभन्दा धेरै बिक्री हुने पत्रिका हो । अनलाईन संस्करणसमेत निरन्तर रहेको पत्रिकामा सम्पादन, समाचार लेखन, वितरण, बजार व्यवस्थापन र प्रशासनमा गरि ४६ जना श्रमजीवि पत्रकार कार्यरत छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *