बडिगाडका २७ घरमा बाढी पस्यो

आदर्श अनलाइन, बागलुङ

बागलुङको बडिगाड गाउँपालिकाका २७ घरमा बाढी पसेको छ ।

निरन्तरको भारी वर्षा पछि बडिगाड गाउँपालिका–९ स्थित ठाडोखोलामा आएको लेदो सहितको २७ घरमा पसेको थियो । यद्यपि, मानवीय क्षति भने नपु¥याएको स्थानीयले बताएका छन् ।

मंगलबार राति करिब १२ बजेको समयमा बाढी घरमा पसेको स्थानीय टोपबहादुर पुनले बताउनुभयो । राति सबै सुतेको समयमा एक्कासी बाढी गाउँमा पस्दा रातभर स्थानीयवासीको भागाभाग भएको उहाँको भनाई छ ।

गुल्मीको मालिका गाउँपालिका पाताखर्क भन्ने स्थानबाट आएको भल गाउँमा आइपुग्दा बाढीको रूप लिएको थियो । गाउँका सबै घरमा हिलो सहित पानी पसेको छ ।

खानेपानीका मुहान, तरकारी टनेल, धान खेत समेत बाढीले पुरेको स्थानीयवासीले बताएका छन् । घटना र क्षतिको विवरण संकलन भइरहेको बडिगाड गाउँपालिकाले जनाएको छ । पानीको मुहान बाढीले बगाउँदा गाउँमा खानेपानीको समस्या भएको छ । विद्युतका पोल समेत ढलेका कारण विद्युत् आपूर्तिमा समेत समस्या भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *