भीर महका लागि ज्यानकै बाजी

आदर्श अनलाइन, म्याग्दी

आङै जिरिङ्ग हुने विशाल भीरमा बाबियाको डोरीमा झुन्डिएर भीर मौरीको मह काट्ने म्याग्दीका मह शिकारीहरु  वर्षौदेखि जोखिम मोलेर मह निकाल्न बाध्य छन् ।

प्रविधिको अभावमा पुख्यौली सीप र साधनको माध्यमबाट अहिलेसम्म पनि यहाँका मह शिकारीहरुले भीर मह काट्दै आएका हुन् ।

अग्ला पहाडमा भिर माहुरिले बनाएको चाकामा उत्पादन भएको महलाई डोरिको सहायताले झुण्डिएर काट्ने पेशा नै मह सिकार हो । म्याग्दीको माथिल्लो भेगका मह शिकारीहरु बर्षको दुई पटक भीर माहुरीको मह शिकार गर्न ब्यस्त हुन्छन् । परम्परागत पेशाकै रुपमा जिल्लाको गुर्जा, मुदी, मल्कबाङ, लुलाङ, निस्कोट, कुइनेमंगले, चिमखोला लगायतका क्षेत्रमा मह सिकार हुने गरेको छ ।

आधुनिक उपकरणको अभाव हुदाँ भिरमा डोरीको भरमा जोखीम मोलेर मह काट्नुपर्ने भएकाले स्थानीयले देविदेवताको पुजा गरेपछि मात्रै मह शिकार गर्ने गर्छन् । चाख्दा जति गुलियो स्वाद हुन्छ भिर महको त्यति नै कठिन छ, भिरबाट मह उत्खनन् कार्य । चोयाको भ-याङ (पराङ)को सहायताले भिर पहरामा भिरमाहुरीको मह निकालेको दृष्य निकै कहालीलाग्दो र जोखिमपूर्ण हुने गुर्जाका स्थानीय झक बहादुर छन्त्यालले बताए ।

चोयाँको रसीमा बनाइएको भ-याङको सहयोगमा एक÷दुई सय मिटर उचाइको पहरामा रहेको माहुरीको चाका नजिकै पुगेर शिकारीले मह उत्खनन् गर्छन् । स्थानीय भासामा भिरउटे भनिने भिरमा चढ्ने मह सिकारीले सावधानी पुर्वक कहालिलाग्दो भिरमा तुर्लुङ्ग झुण्डीयर बहादुरीका साथ मह मह काढ्ने गर्छन् । जिल्लाका हाल सामुहिक मह शिकार गर्ने चलन रहेको छ । जोखिमयुक्त र साहसिक मानिने भिर महलाई सामुहिक रुपमा संकलन गरेपछि एकमुष्ठ रुपमा पकाएर प्रशोधन गरी बाँडफाँड गरिँदै आएको गुर्जाका स्थानीय प्रेम बहादुर छन्त्याल बताउछन् ।

आफ्नो भागमा परेको मह केही घरायसि उपभोग हुने भएपनि धेरैजसो विक्रि गरि स्थानीयले आम्दानी समेत गर्छन । भिरबाट निकालिने भिर महको माग बजारमा दिनहु बढीरहेको छ । प्रतिलिटर दुई हजार सम्ममा भिर मह विक्रि हुने गर्छ । जंगलमा जडिवुटीयुक्त फुलका रस खाएका भिर माहुरीले उत्पादन गर्ने मह औषधि हुने भएकाले माग बढेको चिमखोलाका ध्रुव कुमार पाईजा बताउँछन् । जिल्लाको विभिन्न २० वटा वडामा भिर मह उत्पादन हुने गर्छ ।

निकै कहालिलाग्दो र साहसिक भिर माहुरिको मह उत्खननको पेशालाई आधुनिकीकरण गर्न सकेमा यसले जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने देखिन्छ । धार्मिक कार्य देखि विभिन्न रोगको घरेलु उपचारमा समेत प्रयोग गरिने भिर मह शक्तिबद्र्धक मानिन्छ । स्थानीय स्तरमा भीरमह दम, नशा, ढाड, र शारीरिक कमजोरी लगायतका रोगका औषधिको रुपमा प्रयोग गरिन्छ । सुरु सुरुमा महसंग अन्न सटही गरिने भएपनि आजभोलि बिक्रि हुन थालेपछि यसबाट स्थानीयको आयआर्जनमा टेवा पुगेको देखिन्छ । भिर मह स्थानीय स्तरमा मात्रै नभई बेनी, पोखरा, काठमाडौ र बिदेशमा समेत निर्यात हुने गरेको छ ।

आयआर्जनको हिसाबले महशिकार सम्भावनायुक्त पेशा मानिन्छ तर परम्परागत प्रविधि र सिपले गरिने मह सिकार सुरक्षित र ब्यवस्थित बन्न सकेको छैन् । सरकारी तवरवाट मह सिकार र प्रसोधनको प्रविधिमा आधुनिकिरण र बैज्ञानिक सिप तथा तालिम भित्र्याउन सकेमा साहसिक मह सिकार आयआर्जन संगै पर्यटन विकासको आधार समेत बन्न सक्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *