‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङ-१ मै, दुई सातामै करोड क्लब प्रवेशको संघारमा

आदर्श अनलाइन,बागलुङ

दुई साता अघि साँझ सार्वजनिक तीज गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको निरन्तर शीर्ष स्थानमा रहँदै करोड क्लब प्रवेशको संघारमा छ ।

‘प्रकाश सपुत’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोले शनिवार मध्याह्न ९६ लाख ७१ हजार बढी ‘भ्युज’ बटुलिसकेको छ । यस गीतले सम्भवतः अबको केही घण्टामै निरन्तर युट्युब ट्रेन्डिङको नम्बर १ मा रहेर दुई सातामै करोड क्लबमा प्रवेश गर्ने गीतको नयाँ किर्तिमान पनि कायम गर्नेछ ।

गीत रिलिज भए पछि पेड प्रोमोसन नगरे पनि श्रोता दर्शकको अपार माया पाइरहेको सर्जक सपुतले खुसी व्यक्त गरे । गीतको म्युजिक भिडियो करोड क्लब प्रवेशको संघारमा पुग्दा सपुतले स्टाटस लेख्दै भनेका छन्,-“कुरा बुझ्न पर्च” आज दिउसो सम्म करोड पुग्यो भने सबै भन्दा छोटो समयमा करोड पटक हेरिएको गित हुनेछ र त्यो पनि ट्रेन्डिङ १ मा रहेर । ट्रेन्डिङ मा रहनु मात्रै सफलता हो र रु करोड पुग्नु मात्रै सिर्जना उत्कृष्ट हुनु होर रु भन्ने कुराको समिक्षा पनि गरौ । गर्न जरुरी छ । तर समिक्षा गर्न पनि त रेकर्ड त बन्नु पर्यो १ ईतिहास बन्नु त पर्यो । हैनर रु ल मिलेर रेकर्ड बनाम । ईतिहास बनाम । शुभ शनिबार 😊 धेरै धन्यबाद तपाईहरुलाई 🙏

गायक तथा सर्जक प्रकाश सपुतको रचना र सङ्गीत रहेको सो गीतमा गायिका शान्तिश्री परियार र समीक्षा अधिकारीको स्वर छ । गीतको भिडियो निर्देशन पनि गायक सपुतले नै गरेका छन् । भिडियोमा कलाकार स्वस्तिमा खड्का, आँचल शर्मा, लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत र सुनील विकको अभिनय छ । अभिनेत्रीद्वय खड्का र शर्मालाई मुख्य पात्रका रूपमा प्रस्तुत गरिएको छ ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका गायक सुपतका यसअघि सार्वजनिक ‘बोलमाया’, ‘गलबन्दी’, ‘फुटेका चुरा’ ‘दोहोरी ब्याटल’ लगायतका गीत चर्चित छन् । गीतको म्युजिक भिडियो लिंक तल छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *