मन्त्री थापाको पारिश्रमिकको रकम सामाजिक सेवामा

आदर्श अनलाइन, पोखरा
गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रदेशबाट प्राप्त हुने पारिश्रमिकवापतको रकम सामाजिक सेवामा खर्च गरेका छन् ।

उनले प्रदेश सरकारबाट प्राप्त गर्ने पारिश्रमिक रकमबाट आज पोखरा–३३ भरतपोखरीका युवालाई १५ थान भलिबल र जाली हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा मन्त्री थापाले सांसद हुँदादेखि नै प्रदेश सरकारबाट प्राप्त हुने तलबभत्तामा केही आफूले पनि थपेर सामाजिक सेवासँगै विकास निर्माणमा समेत खर्च गर्दै आएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस पोखरा–३३ भरतपोखरीका सभापति रामचन्द्र पौडेलले जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्ने बताए। कार्यक्रममा पार्टीका पूर्व जिल्ला सदस्य विष्णु पौडेल, महासमिति सदस्य केशवप्रसाद निर्दोषी र पोखरा–३३ भरतपोखरी तरुण दलका सभापति भूपेन्द्र थापालगायतले आफ्नो भनाइ राखेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *