पोखराको आकाशे पुल र अरु क्षेत्रमा भीडभाडले काेराेना संक्रमणको जोखिम

आदर्श अनलाइन, पोखरा
पोखराको सृजनाचोकमा बनेको पहिलो आकाशे पुल लगायत अन्य केही क्षेत्रमा सर्वसाधरणको भिड बढ्न थालेपछि कोरोना संक्रमण फैलिन सक्ने भन्दै सरोकारवाला निकायले सचेत गराएकाे छ ।

पछिल्लो समयमा सृजनाचोकको आकाशे पुलमा टिकटक बनाउने र तस्वीर खिच्नेहरुकाे भीड लाग्न थालेकाे छ । पुलसहित फेवा पावर हाउस छेउमा रहेको झरना, वेगनास र फेवा ताल वरपर सर्वसारधणको भिड बढ्न थालेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार यी क्षेत्रहरुमा सर्वसाधरणहरु जम्मा हुन थालेको भन्दै धेरै गुनासोहरु आउन थालेका छन् । कोरोना संक्रमणको जोखिम कम नभइसकेको अहिलेको अवस्थामा आवश्यक काम नपरिकन घरबाट बाहिर ननिस्कन हुन निर्देशनालयले सर्वसाधरणलाई आग्रह गरेको छ ।

सर्वसाधरणहरुको गुनासो पश्चात सो कार्यालयले आवश्यक काम नपरी घरबाट ननिस्कनुहुन, अनावश्यक भिडभाड नगर्नुहुन र संक्रमण हुनसक्ने त्यस्ता ठाउँमा नजानुहुन सबैलाई सूचित गरेको जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *