यम्मी किचनको शाखा अब कुश्मा बजारमा

आदर्श अनलाइन, बागलुङ
बागलुङ बजारमा विगत २ वर्षदेखि संचालन आएको यम्मी किचन हाउसले पर्वतमा आफ्नो नयाँ शाखा बिस्तार गरेको छ ।

पर्वतको कुश्माबजारको मिलनचोकमा करिब २० लाखको लगानीमा संचालन ल्याएकोे किचन हाउसमा नेपाली स्वादिलो खाजाका परिकार, तिब्बत खाजा सेटहरु साथै अन्नराष्ट्रिय क्वालिटिका खाजाका सेटहरु शाखाका म्यानेजर दिपक सुनारले बताएका छ ।

बागलुङमा आकर्षक सजावट, स्वादिलो खाजाका परिकारहरु, तथा उचित व्यवस्थापन संचालन भएको र ग्राहकहरुको प्रतिक्रिया निकै राम्रो पाएकोले कुश्मा शाखा खोल्न थप उर्जा मिलेको किचन हाउस संचालक दिल रानाले पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् ।

विद्यार्थीहरुले विद्यालयको परिचय पत्र लिएर आएमा १० प्रतिशत छुट दिईने किचन हाउस २०७८ भदौँ ०६ देखि औपचारिक रुपमा ग्राहकको लागि खुल्ला गरिने छ ।

आकर्षक डेकोरेशनमा संचालन भएको किचन हाउस सस्तो मूल्यमा स्वादिलो तथा फरक स्वादका लागि खाजा पाउने भएकाले ग्राहकहरु पहिलो बन्ने संचालक रानाको भनाई छ ।

१ जना म्यानेजर सहित ७ जनालाई रोजगार दिएको किचन हाउस बागलुङमा जस्तै पर्वतमा पनि ग्राहकको रोजाई र माया पाएमा अन्य ठाउँमा विस्तार गर्ने संचालक राना बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *