बालिका हत्या आरोपमा एक व्यक्ति पक्राउ

आदर्श अनलाइन, पोखरा
१७ वर्षीया बालिकाको हत्या आरोपमा स्याङ्जाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

कास्की जिल्लाको मादी गाउँपालिका ९ सिप्लिवेशीकी कोपिला परियारको हत्या आरोपमा स्याङ्जा हरिनास गाउँपालिका ४ चालिसेका ४५ वर्षीय राम बहादुर थापा मोटे भनिने खड्ग बहादुर खवासलाई प्रहरीले प्रकाउ गरेको हो ।

उक्त बालिका मादी गाउँपालिकाको वडा नं १० मकै खोलामा मामाघर बस्दै आएकी थिइन् । आरोपित खवासलाई पुतलिबजार नगरपालिका वडा नं ४ सिव मन्दिरचोकबाट आइतबार प्रहरीले प्रकाउ गरेको हो ।

स्याङ्जा प्रहरीको सहयोगमा कास्की प्रहरीले जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थप गरी थप अनुशन्धान प्रक्रिया अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *