भूतपूर्व खेलाडी मञ्चको साधारण सभा असोजमा

आदर्श अनलाइन, बागलुङ
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपुर्व खेलाडी मञ्चको साधारण सभा तथा अधिवेशन असोज ३ गते हुने भएको छ ।

मञ्चको मंगालबार सम्पन्न बैठकले असोज ३ गते साधारण सभा तथा अधिवेशन गर्ने निर्णय गरेको हो । मञ्चका कार्यबाहक अध्यक्ष हरि प्रसाद पराजुलीका अनुसार बैठकले अधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन समिति तथा विधान संसोधन समिति समेत गठन गरेको छ ।

बैठकमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव एवम मञ्चका अध्यक्ष तेज बहादुर गुरुङ, मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट, मञ्चका द्वितीय उपाध्यक्ष तथा प्रखेप गण्डकीका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, मञ्चका आजिवन सदस्य तथा सहारा युकेका वरिष्ठ सल्लाहाकार महेश गुरुङ लगायतको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *