मुलुकभर मनसुन सक्रिय, गण्डकीसहितका प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

आदर्श अनलाइन, पोखरा
मनसुनी वायुका कारण नेपालमा केही दिन यता लगातार वर्षा भइरहेको छ । मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

शनिबार बिहान सातवटै प्रदेशका केही केही स्थानमा वर्षा भइरहेको छ। शनिबार दिउँसो धेरै स्थानमा वर्षाको सम्भावना छ। प्रदेश १, २, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा भारी  र  बाँकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

आइतबार प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको आँकलन गरिएको छ। राति मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना छ।

सोमबार दिउँसो प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका प्रदेशका एकदुई स्थानमा भारी भारी सम्भावना छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *