राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेती सम्मानित

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी.उप्रेतीलाई सहकारी अभियानको प्रवद्र्धनमा गरेको महत्वपूर्ण योगदानको कदर गर्दै झापाको एक सहकारीले शनिवार सम्मान गरेको छ ।

मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापाले स्थापना गरेको स्वर्गीय गणेशप्रसाद बस्नेत सहकारी अभियन्ता पुरस्कारबाट उप्रेतीलाई सम्मान गरिएको हो ।
संस्थाको २७ औं वार्षिक साधारणसभाका अवसरमा उप्रेतीलाई सम्मान गरिएको संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

सहकारी बैंक तथा जिल्ला सहकारी संघ काठमाडौ, राष्ट्रिय सहकारी महासंघ लगायतका स्वदेशका संघ संस्थामा नेतृत्व गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेडाकको उपाध्यक्षको जिम्मेवारीमा रहेर समेत सहकारी क्षेत्रको प्रवद्र्धन, विकास र व्यवस्थापनमा महत्वपूर्ण योगदान गरेकोले उप्रेतीलाई स्वर्गीय गणेश प्रसाद बस्नेत सहकारी अभियन्ता सम्मान प्रदान गरिएको भट्टराईले जानकारी दिनुभयो ।

संस्थाका पूर्व अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका पूर्व सञ्चालक समेत रहनु भएका स्वर्गीय गणेश प्रसाद बस्नेतको स्मृतिमा स्थापना गरिएको सम्मान नगद २६ हजार सहित उप्रेतीलाई प्रदान गरिएको हो ।

झापाको दमकमा मुख्य कार्यालय रहेको मेची सहकारी संस्थाले शनिवार २७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । संस्थामा गत असार मसान्तसम्ममा ९ हजार ४ सय ८० जना शेयर सदस्य, ३१ करोड, १४ लाख दुई हजाुर ६ सय शेयर पूँजि, १ अर्ब ९३ करोड ४ लाख १७ हजार बचत र २ अर्ब ५० करोड २९ लाख ६४ हजार कर्जा लगानी रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत खोम प्रसाद बगालेले जानकारी दिनुभयो ।

अघिल्लो आर्थिक वर्षमा ६ करोड ५३ लाख ९२ हजार खुद मुनाफा गरेको संस्थाले गत आ.व.मा ८ करोड ६१ लाख ४० हजार रुपैया मुनाफा गर्न सफल भएको बगालेले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *