हृदयघात भएकी काठेखोलाकी महिलालाई हेलिकप्टर मार्फत काठमाण्डौं लगियो

आदर्श अनलाइन, बागलुङ

हृदयघात भएकी बागलुङको एक महिलालाई हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको छ ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ स्थित ७४ वर्षीया इन्द्र कला पुनलाई धौलागिरी अस्पतालबाट काठमाण्डौं रिफर गरिएको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरीटेन्डेण्ट डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिनुभयो ।

अस्पतालको आकस्मिक कक्षमा उपचारको लागि पुनलाई ल्याइएको थियो । उहाँलाई प्रारम्भिक परीक्षणमा हृदयघात भएको पाइएकाले तत्काल थप उपचारका लागि रिफर गरिएको अस्पतालले जनाएको छ । पुनलाई हेलिकप्टर मार्फत गंगलाल हृदयरोग अस्पताल काठमाण्डौं लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *