छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

आदर्श अनलाइन, लमजुङ
एक १४ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा फरार लमजुङका एक शिक्षक पक्राउ परेका छन्। सोमबार बेशीसहरबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।

बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा भैरव माविका शिक्षक प्रकाश थापालाई प्रहरीले पक्राउ गरेको हो। यसअघि बालिकालाई जबरजस्ती करणी गरेकै आरोपमा सोहि गाउका अर्जुन विक्रम थापाविरुद्ध उजुरी परेपछि थापालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

बाल मनोपरामर्शदाताको परामर्शपछि बालिकाले आफूमाथि हुँदै आएको कारुणिक यौन दुर्व्यवहारको बारेमा बोलेपछि त्यसकै आधारमा उजुरीसहितको कानुनी प्रक्रिया अघि बढेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *