सहकारी बैकको सहकारीमा सुशासन विषयक तालिम

आदर्श अनलाइन, कास्की
राष्ट्रिय सहकारी बैंक लिमिटेड ताल्चोक शाखाको आयोजनामा सहकारी संस्थामा सुशासन विषयक एक दिने तालिम बुधबार सम्पन्न भएको छ ।

भर्चुअल माध्यमबाट आयोजना भएको तालिमको शुभारम्भ गर्दै बैंंकका अध्यक्ष के.बी.उप्रेतीले सहकारीलाई वित्तीय रुपमा सक्षम तथा संस्थागत रुपमा सुशासनयुक्त बनाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले सहकारीहरुको संस्थागत अवस्थामा सुधार ल्याउनका लागि सहकारी बैंकले वित्तीय तथा गैर वित्तीय विभिन्न सेवाहरु सञ्चालन गरेको भन्दै उहाँले सहकार्य गरेर अगाडि बढ्न आव्हान गर्नु भयो ।

कार्यक्रममा सहजीकरण गर्दै बैंकका सञ्चालक एवम् शिक्षा, तालिम तथा सम्मान उपसमितिका संयोजक सरिता भट्टराईले सहकारीलाई संस्थागत रुपमा सुशासनयुक्त बनाउन यसका संरचनाहरुको प्रभावकारिता आवश्यक रहेको बताउनुभयो ।

बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीहरुमा सुशासन कायम गर्न, सहकारीमार्फत समाज रुपान्तरणका लागि सहकारी बैंकले राज्यका विभिन्न निकायहरुसंग समन्वय गरेर अगाडि बढेको बताउनुभयो ।

कार्यक्रममा बैंकको ताल्चोक शाखा कार्यालय अन्तर्गत कारोबार गर्ने त्यस क्षेत्रका सहकारी संघ÷संस्थाका पदाधिकारी, संचालक, व्यवस्थापक तथा कर्मचारीहरु लगायत एक सय भन्दा बढीको सहभागिता रहेको थियो ।

बैंकको बरिष्ठ अधिकृत मिना कुमारी शर्माले संचालन गर्नु भएको कार्यक्रममा स्वागत ताल्चोक शाखाका प्रमुख सन्तोष घिमिरेले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *