आदर्श सहकारीका कर्मचारीलाई योजना कार्यान्वयन तालिम

आदर्श अनलाइन, बागलुङ

धौलागिरीकै पहिलो सञ्चार सहकारी आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका कर्मचारीलाई संस्थाका योजना कार्यान्वयनका लागि कार्यक्रम तर्जुमा सम्बन्धी तालिम प्रदान गरिएको छ ।

संस्थाको नीति निर्माण गर्ने तह सञ्चालक भएपनि कर्मचारीले काम गर्ने शिलशिलामा आएका समस्या तथा कार्य प्रणलीमा गुणस्तर ल्याउनका लागि आगामी दिनमा सुधार गर्नुपर्ने पक्ष र संस्थाको लक्ष्य प्राप्तिका लागि कर्मचारीहरुको भूमिका विषयमा छलफल गरिएको छ ।



संस्थाले दैनिक तथा साप्ताहिक पत्रिका, आदर्श अनलाइन डट कम सञ्चालन गर्नुका साथै बचत तथा ऋणको कारोवार गर्दै आएकोमा यसलाई थप व्यवस्थित गर्न व्यवस्थापन पक्षको ठूलो भूमिका हुँने भएकाले कर्मचारीहरुको सहजता, क्षमता विकास र सेवा सुविधा लगायतका विषयमा छलफल गरी कार्यक्रम निर्माण गरिने आदर्श अञ्चार सहकारी संस्थाले जनाएको छ ।



संस्थाले समय समयमा कर्मचारीहरुको क्षमता वृद्धिका लागि यस्ता तालिम तथा योजना तर्जुमा गर्दै आएको छ । कर्मचारीहरुका लागि आयोजना गरिएको तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा आदर्श सञ्चार सहकारीका सम्पादक राम बहादुर जिसीले सहजीकरण गर्नुभएको थियो । उहाँले कर्मचारीहरुलाई संस्थाले निर्धारण गरेको लक्ष्यमा पुग्नका लागि समय अनुकुलको परिर्वतन आवश्यक रहेको बताउदै योजना बिना उदेश्यको परिकल्पना नहुँने भन्दै आगामी योजना निर्माणमा समेत तालिमले सहयोग गर्ने बताउनुभयो ।



तालिममा सम्पादन समूह, विज्ञापन समूह, लेखा समूह, ऋण समूह तथा शेयर सदस्य समूहले आ–आफनो विभागका सबल पक्ष, दुर्वल पक्षको पहिचानका साथै आगामी दिनमा गर्नुपर्ने कामहरुको खाका तयार गरी प्रस्तुत गरिएको थियो । जसमध्ये सम्पादन समूहको तर्फबाट तयार गरीएको योजनाहरु सह–सम्पादक खेमराज गौतम, ऋण समूहबाट तयार गरिएको योजनाहरु ऋण विभाग प्रमुख रुपा ढकाल, शेयर समूहले तयार पारेको योजना शेयर विभाग प्रमुख मन कुमारी केसी (करिश्मा), विज्ञापन समूहको तर्फबाट लक्ष्मी शर्मा र लेखा समूहले तयार पारेको योजनाका बारेमा रम कुमारी कार्कीले प्रस्तुत गरिएको छ ।



कर्मचारीहरुको क्षमता विकास गर्न, योजना बद्ध ढंगले काम गर्न र संस्थाले निर्धारण गरेको लक्ष्य हासिल गर्नका लागि तालिम आयोजना गरिएको संस्थाका प्रबन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो । कर्मचारीको समिक्षा तथा कार्यक्रम तयारीका विषयमा सञ्चालक समिति र उपसमिति समेतको सहभागितामा योजना निर्माण कार्यशाला मार्फत पारित गरि अगाडि बढ्ने संस्थाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *