नेपाली कांग्रेस बागलुङले सार्वजनिक ग¥यो आर्थिक प्रतिवेदन

आदर्श अनलाइन, बागलुङ

नेपाली कांग्रेस बागलुङले १३ औँ महाधिवेशनदेखि हालसम्मको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

कांग्रेस बागलुङले आर्थिक प्रतिवेदन सार्वजनिक गरेको पहिलो पटक दाबी गरेको छ । अहिले सम्म कुनै पनि समितिले आफ्नो कार्यकालको हिसाब सार्वजनिक नगरेको पार्टी सभापति दिपेन्द्रबहादुर थापाले बताउनुभयो ।

‘अहिलेसम्म आउँदै कुनै कार्यसमितिले आर्थिक प्रतिवेदन सार्वजनिक गरेको थिएन, इतिहासमै हामीले पहिलो पटक हिसाब सार्वजनिक गरेका छौँ’ सभापति थापाले भन्नुभयो । कोषाध्यक्ष उमेश गौतमले ४२ लाख ४३ हजार ३६२ रुपैयाँ बराबरको प्रतिवेदन प्रस्तुत गर्नु भएको छ ।

कांग्रेसले पुरानो ११ महिना र १३ औँ महाधिवेशन यताको १२ लाख ४१ हजार घरभाँडा मात्रै तिरेको प्रतिवेदनमा उल्लेख छ । हालको कार्यसमितले ८ लाख छ हजार ७५० अघिल्लो कार्यसमितिको ऋण समेत तिरेको प्रतिवेदनमा उल्लेख छ । कर्मचारी र कार्यालय सहयोगीको तलबमा ११ लाख ४० हजार, विपद राहत वितरणमा सात लाख खर्च गरेको काषाध्यक्ष गौतमले जानकारी दिनुभयो ।

यसैगरी, नयाँ कार्यालय व्यवस्थापनमा तीन लाख ४७ हजार ४१६, जागरण तथा विरोध कार्यक्रममा दुई लाख नौँ हजार ३२५, २०७३ चैत २८ देखि भदौसम्मको एक लाख दुई हजार ७१६ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

पार्टीले विभिन्न व्यक्ति, संघ संस्था, सिफारिस दस्तुर, साविक क्षेत्र नम्बर ३ बाट प्राप्त एक लाख ८३ हजार, साविक क्षेत्र नम्बर १ बाट एक लाख ५० हजार लगायतबाट प्राप्त भएको ४१ लाख १९ हजार आम्दानी भएको प्रतिवेदनमा छ । पार्टी अझै २ लाख २४ हजार ३५८ हजार सापटी ऋणमा रहेको गौतमले बताउनुभयो ।
अहिलेको कार्यकालमा भएका आयव्ययको बारेमा समग्र नेता कार्यकर्तालाई हिसाब चुस्तदुरुस्त पार्ने गरी पहिलो पटक सुरुवात गरेको उहाँले बताउनुभयो । गौतमले १३ औँ महाधिवेशन सम्म कुनै पनि समितिले हिसाब सार्वजनिक नगरेको उहाँको दाबी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *