आदर्श सञ्चार अनलाइनको सम्पादकमा शिरीष

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सञ्चालन गर्दै आएको आदर्श सञ्चार डटकम (अनलाइन) को सम्पादकमा दिल शिरीष चयन हुनु भएको छ ।

संस्थाले सञ्चालन गर्दै आएका सञ्चारमाध्यमहरु धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्शसञ्चार अनलाइनका कार्यकारी सम्पादकको जिम्मेवारीमा रहेर काम गर्दै आउनु भएका शिरीषलाई आदर्शसञ्चार डटकमको सम्पादक चयन गरिएको संस्थाका सम्पादक राम बहादुर जिसीले जानकारी दिनुभयो ।

आदर्शसञ्चार डटकमको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्पादक जिसीले सञ्चालक समितिको निर्णय अनुसार शिरीषलाई अनलाइनको सम्पादक चयन गरिएको जानकारी गराउनु भएको हो ।

तीन वटै सञ्चारमाध्यमको सम्पादकमा जिसी र कार्यकारी सम्पादकमा शिरीष रहनु भएको थियो । प्रत्येक सञ्चारमाध्यमको सम्पादक फरक फरक व्यक्तिलाई बनाउने योजना अनुसार अनलाइनको सम्पादकमा शिरीषलाई चयन गरिएको जिसीले जानकारी दिनुभयो ।

अनलाइनको सम्पादक चयन हुनु भएका शिरीषलाई दोस्रो वार्षिकोत्सवका अवसरमा अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)ले बधाई ज्ञापन गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *