कतार उड्न लागेका म्याग्दीका २ युवक ४ किलो चरेससहित पक्राउ

आदर्श अनलाइन, म्याग्दी
कतार जान लागेका म्याग्दीका २ युवक चरेससहित विमानस्थलमा पक्राउ परेका छन् ।

पर्नेहरुमा म्याग्दीको मंगला गाउँपालिका ३ का ३६ वर्षीय श्याम प्रसाद रोका र ३५ वर्षीय वीर बहादुर रोका मगर रहेका छन् ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट करिब ४ किलो ३५ ग्राम अवैध लागूऔषध चरेससहित उनीहरुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कतार एअरको उडानद्वारा दोहा कतार जान लागेका उनीहरुलाई बिमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुटकेसभित्र उक्त चरेश फेला पारी पक्राउ गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *