बागलुङका ७ जनप्रतिनिधिले गरे नेकपा (एस)मा सनाखत

आदर्श अनलाइन,बागलुङ

नेकपा एमाले विभाजित भएर बनेको नेकपा (समाजवादी)मा जिल्लाका ७ जनप्रतिनिधिले सनाखत गरेका छन् ।

नेकपा एमालेबाट निर्वाचित ७ जना जनप्रतिनिधिले सोमवार र मंगलबार जिल्ला निर्वाचन कार्यालय बागलुङमा आएर नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ओमनारायण ढुंगानाले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष जीवन आचार्य, काठेखोला गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष याम बहादुर श्रीस,ढोरपाटन नगरपालिका–९ का वडाअध्यक्ष हरि घर्ती, बागलुङ नगरपालिकाकी कार्यपालिका सदस्य सिता थापा, ढोरपाटन नगरपालिका–९ का वडासदस्य यामु कामी,जैमिनी नगरपालिका कार्यपालिका सदस्य बलबहादुर नेपाली र बागलुङ नगरपालिका वडा नम्बर २ का वडासदस्य सुरज बोसेलले नेकपा एस)को पक्षमा सनाखत गर्नुभएको हो ।

सरकारले नयाँ अध्यादेश जारी गरे लगत्तै नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएको थियो । बिभानज पछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न दिएको समय सीमा भाद्र २२ गते सम्म दिएको थियो ।

बागलुङका स्थानीय तहमा एमालेबाट निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायतको ठुलो हिस्सा भने एमालेमै रहने भएका छन्। बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापा, ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली, उपप्रमुख करमती पुन मगर, बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा र जैमिनी नगरपालिकाका उपप्रमुख लिला राना लगायतले पार्टी विभाजन गलत भएको भन्दै एमालेलाई नै एकढिक्का बनाएर जाने बताउनुभएको छ।

बागलुङबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य सुर्य पाठक, गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा, समानुपातिक तर्फबाट संघीय सांसद बन्नुभएकी मनकुमारी जिसी र गण्डकी प्रदेशसभा सदस्य सावित्रा राना भने एमालेमै रहेर सक्रिय रहने हुनुभएको छ ।
यसअघि जिल्लाबाट राष्ट्रिय सभा सदस्यमा प्रतिनिधित्व गर्नुभएकी शान्ति अधिकारीले नेकपा (एकीकृत समाजवादी) रोज्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *