कोरोना संक्रमणबाट गलकोटकी २० वर्षीय युवतीको मृत्यु

फाइल तस्बिर

आदर्श अनलाइन,बागलुङ

जिल्लामा कोरोना संक्रमणबाट गलकोटकी २० वर्षिय युवतीको मृत्यु भएको छ ।

गल्कोट कोभिड अस्पतालमा उपचाररत गल्कोट नगरपालिका वडा नम्बर ५ की २० वर्षीया युवतीको मंगलबार मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले बताउनुभयो ।

स्वास्थ्यमा समस्या देखिएपछि भदौ १७ गते एन्टिजेन परीक्षण गर्दा युवतीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई जटिल प्रकारको कोभिड निमोनिया र रगत क्यान्सरको समस्या रहेकाले उपचारमा थप जटिलता देखिएको थियो ।

यो सँगै बागलुङमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *