वार्षिक कार्य सम्पादनमा बागलुङ र पर्वत उत्कृष्ट जिल्लाको सूचिमा

आदर्श अनलाइन, बागलुङ

गत आर्थिक वर्षको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा धौलागिरी क्षेत्रका बागलुङ र पर्वत जिल्ला उत्कृष्ट जिल्लाको सूचिमा परेको छ ।

छिमेकी जिल्ला म्याग्दी र मुस्ताङ मध्यम जिल्लाको सूचिमा परेको गृहमन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०७७/७८ को मुल्यांकनमा कार्यसम्पादन स्तरमा अति उत्कृष्ट, उत्कृष्ट, उत्तम, मध्यम, न्युन प्रगति हासिल गर्ने जिल्ला छुट्याइएको थियो । जसमा झापा, अर्घाखाची र रुकुम पूर्व प्रथम, ललितपुर र रुकुम पश्चिम द्धितिय र गुल्मी तृतिय भएका छन् ।

बागलुङ सहित सोलखुम्बु, स्यांजा, लमजु गोरखा, जाजरकोट, हुम्ला, कालिकोट, चितवन, पर्वत र सखुंवासभा उत्कृष्ट जिल्लाको सूचिमा छन् ।

कार्यसम्पादन मुल्यांकन गर्दा मुल्यांकन गर्दा ६ वटा विषयगत क्षेत्र शान्ति सुरक्षा र अपराध नियन्त्रण,सुशासन र सेवा प्रवाह, लागु औषध नियन्त्रण, विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय, सदाचार र आर्थिक अनुशासनलाई आधार बनाइएको बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । वार्षिक कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा बागलुङ जिल्ला उत्कृष्ट १० जिल्ला भित्र परेकोमा खुसी व्यक्त गर्दै प्रजिअ कार्कीले कार्यसम्पादनमा योगदान पु¥याउनु हुने कार्यालयका सम्पूर्ण कर्मचारी, सुरक्षा निकाय तथा सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयको समग्री कार्य सम्पादन स्तरमा बृद्धि नतिजामुखी बनाउन आव २०७५ ७६ देखि गृह सचिव र प्रमुख जिल्ला अधिकारी बिच कार्यसम्पादन सम्झौता भइ कार्यान्वयन भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *