मनाङका चार स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन

आदर्श अनलाइन, मनाङ
यहाँका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारी अभाव भएको छ । प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी सरुवा तथा बढुवा भई अन्यत्र गएकाले सेवाग्राही मर्कामा परेका हुन् ।

जिल्लाका नासों, चामे, ङिस्याङ र नार्पाभूमि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन भएका छन् । सरुवा भएर आउने प्रमुख प्रशासकीय अधिकृत समेत जिल्लामा आइपुग्नुभएको छैन । बाढीपहिराका कारण सडक सञ्जाल विच्छेद भएकाले उहाँहरुलाई जिल्ला आउन समस्या भएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सडक समस्याले पनि कर्मचारी आउन ढिलाइ भएको हुनसक्ने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजनाका काम अगाडि बढाउनसमेत समस्या भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न कार्यालय प्रमुख समेत सरुवा भएका छन् । दुई महिनादेखि सहायक प्रमुख जिल्ला अधिकारीविहीन भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *