मुस्ताङ हेलिकप्टरले बल्ल पायो उडान अनुमति

आदर्श अनलाइन,काठमाण्डौं

मुस्ताङ हेलिकप्टरले नेपाली आकाशमा उडान अनुमति पाएको छ।

नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरलाई बिहीबार अनुमति दिएको हो।

कम्पनीले हेलिकप्टरमार्फत रेस्क्यू, चार्टर, कोभिड १९ का बिरामीको उद्धार, एरियल फोटोग्राफी, कार्गोलगायत सेवा दिने जनाएको छ।

गत वर्ष नै सञ्चालनको तयारीमा रहे पनि कोभिड महामारीका कारण प्रक्रिया रोकिएको थियो।मुस्ताङसँगै नेपाली आकाशमा ११ वटा हेलिकप्टर कम्पनी पुगेका छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *