को–अपरेटिभ म्यानेजर्स क्लव कास्कीको अध्यक्षमा कोईराला

आदर्श अनलाइन, पोखरा
को–अपरेटिभ म्यानेजर्स क्लव कास्कीको अध्यक्षमा अपिल कोईराला चयन हुनु भएको छ ।
क्लवको चौंथो वार्षिक साधारणसभाले कोइरालालाई सर्वसम्वत चयन गरेको हो ।

कोईराला कोन सामुदायिक साकोस, भद्रकालीमा कार्यरत हुनुहुन्छ । यस अघि उहाँ क्लवको उपाध्यक्ष हुनुहुन्थ्यो । यस अघि क्वलको अध्यक्षमा गौरीशंकर सहकारी संस्था, हेम्जाका डम्बर सिंह बस्नेत रहनुभएको थियो ।

त्यस्तै उपाध्यक्षमा सरल नमूना साकासका हरिप्रसाद पन्थी चयन हुनुभएको छ । उहाँ यस अघि सचिव हुनुहुन्थ्यो । त्यस्तै सचिवमा पृथ्वी बहुउद्देश्यीय सहकारीका मोहनप्रसाद अधिकारी, कोषाध्यक्षमा नयन साकोसका सन्तोष त्रिपाठी, सहसचिवमा शुभसौगात साकोसका सन्तोष रानाभाट चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा प्रेमसागर अधिकारी (जनसेवा साकोस), किरण अधिकारी (मित्र मिलन साकोस), विष्णुप्रसाद अधिकारी (सुरक्षा पालुवा साकोस), जगन्नाथ तिमिल्सिना (फेवा साकोस), सुवास अधिकारी (रानीवन साकोस) र निरु थापा (प्राईम साकोस) निर्वाचित हुनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *