मुलपानी माविकाे ६४ औ वार्षिकोत्सव सम्पन्न

आदर्श अनलाईन, बागलुङ
मुलपानी माध्यामिक विद्यालयको ६४ औँ वार्षिकोत्स शुक्रबार सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बागलुङ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष खगराज पाण्डेले विद्यालयको विकासको लागि सधै सकरात्मक भएको बताउनुभयो ।

कोरोना महामारीमा पनि विद्यालयले आफ्नो सबै गतिविधीहरुलाई निरन्तरता दिएको र आगामी दिनमा पनि सही तरीकाले अगाडी बढ्नका लागि पाण्डेले आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्व प्रधानध्यापक मेघराज पाण्डेले गुणस्तरीय शिक्षा र विद्यालयको भौतिक विकास अहिले तीव्र गतिमा भएकोमा खुशी व्यक्त गर्नु भयो । आफ्नो कार्यकालमा गर्न नसकेको कामहरु अहिले भएको देख्दा आन्नद महशुस भएको पाण्डेले बताउनु भयो ।

कार्यक्रमा मुलपानी माध्यामिक विद्यालयका सल्लाकार विश्वनाथ रेग्मीले विद्यालयको हितका लागि सबै एकजुट हुनुपर्ने बताउनु भयो । विद्यालयलाई नमुन बनाउनका लागि अझै धेरै कामहरु गर्नुपर्ने भन्दै आगामी दिनमा विद्यालयको विकासको लागी थप पहलकदमी गर्ने बताउनु भयो ।

कार्यक्रममा प्रधानध्यापक चूडामणि सुवेदीले विद्यालयको प्रगती प्रतिवेदन, आर्थिक समिति संयोजक नारायण प्रसाद गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पिङगलराज गौतमको अध्यक्षयता शिक्षक इन्द्रा खड्काको स्वागत र शिक्षक नेत्रराज सिलवालको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा पूर्व विद्यार्थी गणेश हमालले विद्यालयलाई २५ हजार बराबरको ५४ वटा पुस्तक विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीलाई हस्तान्तरण गर्नु भएको थियो ।

पूर्व विद्यार्थी हमालले आफुले पढ्ने समयमा विद्यालयमा चाहे जस्ता पुस्तकहरु नभएका कारणले अहिले विद्यालयमा अध्यनरत विद्यार्थी भाईबहिनीहरुलाई सहज होस भनी पुस्तक सहयोग गरेको बताउनुभयो ।

पुस्तक लिदै प्रधानध्यापक सुवेदीले विद्यालयको उन्नतिका लागि गणेश हमाज जस्ता विद्यार्थीहरुको सहयोग आवश्य पर्ने बताउनु भयो । विद्यालयले कक्षा ११, १२ सुरु गर्दा २०६४ सालका व्याजका विद्यार्थीले ११, १२ लाई प्रभावकारी रुपमा अगाडी बढाउनका लागि पहिलो व्याजको ठूलो भूमीका रहेको बताउनु भयो । आफ्नो विद्यालयमा पठन पाठन गरेको विद्यार्थीहरु अहिले देश विदेशमा रहेर राम्रो काम गरेको बताउनु भयो ।

No description available.

हाल अध्यनको लागि जापनको इबाराकीमा बस्दै आएका बागलुङ नगरपालिका वडा नम्बर ३ खोलाखेतका हमाल २०६४ सालको ११, १२ को पहिलो व्याजका विद्यार्थी पनि थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *